कर्णालीमा उपसभामुखको निर्वाचन : यशोदा न्यौपाने भर्सेस इन्द्रा कुमारी शाही

सुर्खेत । बुधबार दिउँसो १ बजे हुने कर्णाली प्रदेश सभा उपसभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की सांसद यशोदा न्यौपाने र नेपाली कांग्रेसको तर्फबाट इन्द्राकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
न्यौपानेले माओवादीकै सांसद कृष्ण जिसीको प्रस्तावक र नेकपा एमालेका सांसद विनोद कुमार शाहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् भने कांग्रेसकी शाहीले संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रस्ताव र जानकी सिंहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
न्यौपाने र शाही दुवै जना समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । कालिकोटकी न्यौपाने पार्टीभित्र केन्द्रीय सदस्य हुन् भने इन्द्रा शाही ०७४ मै पालिकामा उपप्रमुख पराजित नेतृ हुन् ।
कांग्रेसले उपसभामुख जित्न सक्ने अवस्था नभए पनि उम्मेदवारी दर्ता गराएको छ । ४० प्रदेश सभा सदस्यमा कांग्रेससँग १४ सिट रहेको छ भने नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको खण्डमा १५ मत हुन्छ । न्यौपानलेलाई एमालेको ९, माओवादीको १३ र १ राप्रपाको गरि २३ मत प्राप्त हुने देखिन्छ । एमालेको १० मध्ये नन्दा गुरुङ सभामुख बनेकाले उनले मत हाल्न पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो
-
सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि सरकार छलफलमा
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक