देउवासँग माधव र उपेन्द्रको भेट
बुधबार, ०४ माघ २०७९, १० : ३२

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
सभापति देउवासँग भेटवार्ता गर्न अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन् । तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ । कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर जारी पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ । सरकारलाई समर्थन गरेपनि रोजेको मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी भएको छैन । यता सभामुखमा एमालेसहित अन्य सत्ता साझेदार दलले एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?