'मह'सहित आधादर्जन कलाकर्मीलाई ‘श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्ड’ सम्मान

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ सहित करिब एक दर्जन कलाकर्मी सम्मानित भएका छन् । श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले एक कार्यक्रमको आयोजना गर्दै कलाकार सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्याएका विशिष्ट व्याक्तित्वलाई ‘श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्ड’द्वारा सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूर्जा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहेका छन् ।
श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत् ३५ दिने विभिन्न परोपकारी तथा सामाजिक कार्यहरू गर्दै आइरहेको छ । अर्गनाइजेसनले यही माघ २ गते महिला दिवस (आश्रमले हरेक महिनाको दुई गते मनाउने)को अवसरमा आर्थिक रुपमा बिपन्न महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाइ बुनाइ मेसिन हस्तान्तरण गरिएको थियो भने ७० बर्ष भन्दा माथि उमेर भएका ३५ जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो ।
श्री संजय साई बाबाको ३५औं जन्मोत्सव यही माघ ६ गते काठमाडौंको सानोगौचरनमा विशेष कार्यक्रम गरी मनाइँदैछ । उक्त कार्यक्रममा देश तथा विदेशबाट विशिष्ट अतिथिको उपस्थिति रहने संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित
-
टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली
-
राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?