पोखराको विमान दुर्घटनामा परी मृत्यु भएका युपीका चार जनाका परिवारलाई ५–५ लाख क्षतिपूर्ति दिने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।
UP Chief Minister Yogi Adityanath announces financial assistance of Rs 5 lakh each to families of four youths from Ghazipur district who died in Nepal plane crash
— Press Trust of India (@PTI_News) January 17, 2023
पोखराको विमान दुर्घटनामा परी मृत्यु भएका युपीका चार जनाका परिवारलाई योगी सरकारले ५–५ लाख क्षतिपूर्ति दिने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति