चीन जाँदै अमेरिकी विदेशमन्त्री ब्लिनकेन
बुधबार, ०४ माघ २०७९, ०७ : १५

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् । वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीचनको भ्रमण गर्न लागेका हुन् । ब्लिनकेनको विदेश भ्रमणको तालिका सार्वजनिक गरिएको छैन् । तर, यसै साता उनी चीन जाने पोलिटकोले जनाएको छ ।
दुई दिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकहरुलगायत रहेको जनाइएको छ । भ्रमणका क्रममा विदेशमन्त्री ब्लिनकेनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन् ।
अमेरिकी विदेश मन्त्रालय र चीन सरकारले भ्रमणसम्बन्धी आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी
-
‘यो सरकारलाई संविधान संशोधन गर्ने अधिकार छैन’
-
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
-
राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएको ‘राजागञ्ज’ आजबाट प्रदर्शनमा
-
ट्रम्पसँग डराएर सिधै नाइँ भन्न नसकेका हुन् पुटिनले ?