बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पलले सफाइ पाउँदा सांसद शाही दङ्ग

मङ्गलबार, ०३ माघ २०७९, २२ : १८
मङ्गलबार, ०३ माघ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नाबालिगमाथि बलात्कार आरोपमा अभिनेता पल शाहले सफाइ पाएकोमा आफू निकै खुसी भएको बताएका छन् । उनले यसलाई न्यायको जीतसमेत भएको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले  निर्दोष साबित गरेको  छ आज अत्यन्तै खुसी भएको छु । एउटा न्यायको लडाई जित्नुभएको छ। हार्दिक बधाई तथा शुभकामना ।’  मंगलबार तनहुँ जिल्ला अदालतले अभिनेता पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका छन् । तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन भने पाउने छैनन् । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सो सजाय पूरा नगरेसम्म शाह थुनामै रहनुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप