डा. रूइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड
मङ्गलबार, ०३ माघ २०७९, २१ : ३५
काठमाडौँ । डा. सन्दुक रूइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन् । मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा अवार्डको पाँचौँ संस्करणमा डा. रुइतलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
’मानवताको लागि सेवाका लागि ईसा पुरस्कार’ सन् २००९ मा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले स्थापित गरेका हुन्। यो पुरस्कार प्रत्येक दुई वर्षमा व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ ।विजेतालाई निर्णायक मण्डलको विज्ञ प्यानलद्वारा कठिन प्रक्रियाबाट चयन गरिन्छ ।
आँखाका डाक्टर रुइतले विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति 'रुईतेक्टोमी'का सुरुवात गरेका थिए। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पनि प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का