मधेस प्रदेशको उपसभामुखमा जनमतकी ईसर निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईसर निर्वाचित भएकी छन् । सप्तरीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी जनमत पार्टीकी ईसर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी ईसरलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत मात्रै खसेको थियो ।
ईसरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र स्वतन्त्र सांसद ५ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतबाट अस्वीकृत भएको थियो । यता आजै दिउँसको भएको बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ