एटीआर–७२ दुर्घटना : दुर्घटनास्थल भन्दा डेढ किलोमिटर तल महिलाको शव फेला

काठमाडौँ । पोखराको सेतीको खोँचमा यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटीआर–७२ विमान दुर्घटनास्थल नजिकै थप एक जनाको शव भेटिएको छ । करिब डेढ किलोमिटर तल सेती किनारमा एक जना महिलाको शव भेटिएको हो ।
सो शव जहाज दुर्घटनामा परेको वा नपरेको बारे यकिन नभएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । ‘थप एक जना महिलाको शव भेटिएको छ’ एसपी केसी भन्छन्–‘विमान दुर्घटनामा मृत्यु भएको वा खोलाले बगाएर ल्याएको भन्नेबारे भेरिफाई गर्दैछौँ ।’
सशस्त्र प्रहरीका खोज तथा उद्धारकर्मीहरुले एउटा शवको टाउको र खुट्टा फेला पारेका छन् । थप भेटिएको शरीरको भागलाई गण्डकी अस्पतालमा राखिएको छ । विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।
सेतीको खोँचबाट सङ्कलन गरिएका मध्ये ३ वटा शवको आंशिक भाग मात्रै भेटिएको छ । ६९ वटा शवको पुरै भाग भेटिए पनि सबैको सनाखत हुन सकेको छैन । टुक्रा अवस्थामा फेला परेको शवलाई डिएनए परीक्षण गर्न काठमाडौँ पठाउने एसपी केसीले बताए ।
चिकित्सकहरूले नाङ्गो आँखाले पहिचान गर्न नसकेका ४८ शवलाई काठमाडौँमा ल्याइएको छ । काठमाडौँमा ल्याएका सबै शव पोस्टमार्टम गर्ने तयारी छ ।
गण्डकी अस्पतालमा २२ जनाको शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका मध्ये २० वटा शव परिवारलाई हस्तान्तरण गरिएको एसपी केसीले जानकारी दिए । ‘दुई परिवारले भोलि लान्छौँ भनेका छन्’ एसपी केसी भन्छन्–‘पोस्टमार्टम गरेको एउटा शव परिवारको आग्रहमा काठमाडौँ पठाएका छौँ ।’
मंगलबारको खोज तथा उद्धार स्थगित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बुधवार फेरी खोजी कार्य जारी राखिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा