कीर्तिपुरमा २४ सवारीसाधनका चालकमाथि कारबाही
काठमाडौं । राजधानीको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने २४ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारबाहीको क्रममा लाइट नबल्ने, टायर घिस्रिएका टाटासुमो, पानी ट्यारङकर र पिकअप गाडिहरु चलाउँदै गरेका चालकहरुलाई कारबाही गरिएको हो ।
तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका २४ वटा, कागजपत्र साथमा नभएका ६ वटा र सवारी चालक अनुमति पत्र नभएका २ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
साथै सवारी साधनमा अनावश्यक रूपमा प्रयोग गरिएका १० वटा सवारी साधनका लाइटहरू समेत हटाइएको छ ।
सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले कीर्तिपुर क्षेत्रमा १ सय ५५ ओटा सवारी साधन चेकजाँच गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
आइसिटी अवार्डको लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक
-
काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन
-
दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री
-
नेपाली र अमेरिकी समलिङ्गी पुरुषबिच पहिलो पटक विवाह दर्ता
-
जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत