चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग
काठमाडौँ । गायक–गायिका दम्पती उदितनारायण झा र दीपा झाले नेपाली चलचित्रकर्मी कल्याण कोषका लागि सहयोग गरेका छन् । उनीहरुले कोषका लागि ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका हुन् ।
चलचित्र विकाश बोर्डमा आयोजित एक कार्यक्रममा गायिका झाले उक्त रकम कोषकी संयोजक वसुन्धरा भुषाललाई प्रदान गरेकी हुन् । गायिका झा केही समयदेखि नेपालमा रहेकी छन् ।
कार्यक्रममा अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तीकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार समेत उक्त कोषमा प्रदान गरे ।
नेपाली चलचित्र क्षेत्रमा निरन्तर रूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म ५ करोड रकम जम्मा भएको कोषकी संयोजक वसुन्धरा भुसालले जानकारी दिइन् । यसको लक्ष्य १० करोडको रहेको उनले बताइन् ।
कार्यक्रममा कोसलाई रकम सहयोग गर्नेलाई कदर पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपा श्री निरौला र गीता नेपालले प्रमाण पत्र लिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राईसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्दे लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायिका झाले आफ्नो जीवनकालको महत्त्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफूले नेपाली चलचित्रका गीतहरूबाट नै उचाइ प्राप्त गरेको स्मरण समेत उनले गरेकी थिइन् ।
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै आफू नतमस्तक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू