पलले सफाइ पाएपछि पूजा, ‘खुसीको सीमा रहेन’

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पल शाहले सफाइ पाएपछि अभिनेत्री पुजा शर्माले खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’
शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए ।
यसअघि, नवलपुर जिल्ला अदालतले पनि शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको थियो । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त