जसपा र लोसपाद्वारा सर्वदलीय बैठक बहिस्कार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले सर्वदलीय बैठक बहिस्कार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूलाई धन्यवाद ज्ञापन गर्न मंगलबार सर्वदलीय बैठक आह्वान गरेका थिए ।
‘बैठकमा किन जानुभएन ?’ भन्ने प्रश्नमा लोसपा नेता शरतसिंह भण्डारीले भने, ‘अध्यक्षज्यू जानु पर्ने हो । किन जानुभएन थाह भएन ।’ यता जसपा नेता पूर्ण बस्नेतले पार्टीको संसदीय दलको बैठक भएको कारण आफूहरू बैठकमा जान नपाएको स्पष्टीकरण दिए । सरकारमा सहभागी नगराएको कारण दुवै दल असन्तुष्ट रहेका छन् ।
उता मधेसबाट जनमतका मन्त्री अब्दुल खान सरकारमा सहभागी छन् । यद्यपि उनी पनि मन्त्रालयको विषयमा असन्तुष्ट रहेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता