बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

मङ्गलबार, ०३ माघ २०७९, १८ : १२
मङ्गलबार, ०३ माघ २०७९

हनोइ । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ ।

राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो ९भिसिपी०तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् । 

मंगलबार भएको केन्द्रीय समितिको बैठकमा उनले व्यक्तिगत कारणले पदत्याग गरेको घोषणा  गरेका थिए । दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो ।

उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो । (रासस/ सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप