विमान दुर्घटनामा बेपत्ता थप १ जनाको शव भेटियो
मङ्गलबार, ०३ माघ २०७९, १७ : १८

पोखरा । आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।
आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने । उनको पहिचान हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड