बेपत्ता २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइयाे
मङ्गलबार, ०३ माघ २०७९, १७ : ०१

पाेखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीकाे पानी घटाइएकाे छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खाेजी कार्य जटिल भएपछि सेती नदीकाे पानी घटाइएकाे बताए । उनका अनुसार सेती नदीकाे पानीलाई याम्दीकाे पुलबाट सिँचाइका लागि बनाइएकाे नहरमा हालिएकाे छ ।
नदीकाे पानी घटाइएसँगै आज गोताखोरसहित ड्रोनको प्रयोग गरिएकाे छ । ड्रोन प्रयोग गरी साेमबार २ जनाको शव फेला पारिएको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।
आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा