कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा
![कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा](https://rpcdn.ratopati.com/media/albums/jwala_eQdTMqJvtr.jpg)
काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेकी हुन् ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन् ।
कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’