बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री नबन्ने दाबी गर्दै आएका दीपक बहादुर सिंह राज्यमन्त्री नियुक्त

मङ्गलबार, ०३ माघ २०७९, १६ : ४१
मङ्गलबार, ०३ माघ २०७९

हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित दीपक बहादुर सिंह संघीय सरकारको ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उनी सबैभन्दा अन्तिम वरीयतासहित राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्री तथा राज्यमन्त्रीको वरीयता सूचीमा उनको नाम २३ औँ नम्बरमा छ । गत निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’लाई पराजित गरेका थिए । सिंहले २७ हजार ८५१ मत पाउँदा कांग्रेसकी डिनाले २५ हजार ४६४ मत र थापाले २५ हजार ४६० मत पाएका थिए ।

चुनाव जितेलगत्तै उनले आफू सरकारमा सहभागी नहुने र मन्त्री नबन्ने अभिव्यक्ति दिँदै आएका थिए । उनले चुनाव जितेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आयोजना गरेको शपथ ग्रहण तथा बधाई कार्यक्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै राप्रपाबाट आफू मन्त्री नबन्ने दाबी गरेका थिए । उनले जनताको साथमा रहेर काम गर्न चाहेकाले सांसदबाट नै आम जनताको समस्यालाई सरकार समक्ष राख्ने बताएका थिए । आफू मन्त्री बनेर झन्डासहितको गाडीमा घुम्न सांसद नभएको भन्दै उनले सरकारको कुनै पनि पदमा नरहेर जनताको सेवामा लाग्ने बताएका थिए ।

यस्तो सिंहको विगत

विसं.स. २०१५ सालमा धनकुटामा जन्मिएका हुन् सिंहका बुबा मोहनबहादुर सिंह व्यवसायी हुने भने आमा नन्दादेवी सिंह गृहिणी हुन् । सिंह ७÷८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौँडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौँडा बन्यो ।

माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले वीरगन्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो ।

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यसैक्रममा विभिन्न सङ्घसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन् । २०५४ सालमा हेटौँडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्याशी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।

त्यस्तै २०५६ सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेल सँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने २०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो ।

त्यस्तै २०६३ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए । यस भन्दा अघि ५ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न स्थानीय तहको निर्वाचनमा हेटौँडाको मेयर पदमा उम्मेदवार हुन् । उनी हेटौँडाका सफल उद्योगी व्यवसायी हुन् । उनको उद्योगहरूमा हाल पनि डेढ सय मानिसहरूले रोजगारी पाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप