दक्षिण कोरियाले भन्यो– इरान यूएईको सबैभन्दा ठूलो शत्रु, तेहरानले माग्यो जवाफ

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानलाई संयुक्त अरब इमिरेट्सको ‘सबैभन्दा ठूलो शत्रु’ भनेपछि दक्षिण कोरियासँग स्पष्टीकरण माग्ने बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो युएई भ्रमणका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।
‘हामी इरान र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्धमा दक्षिण कोरियाको बयानको अनुसन्धान गरिरहेका छौं,’ इरानको विदेश मन्त्रालयको वेबसाइटमा जनवरी १६ मा पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले अबुधाबीमा तैनाथ आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै संयुक्त अरब इमिरेट्सका लागि इरान सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।
उनका शब्द थिए, ‘संयुक्त अरब इमिरेट्सको दुश्मन र सबैभन्दा ठूलो खतरा इरान हो जबकी हाम्रो दुश्मन उत्तर कोरिया हो... हाम्रो स्थिति यूएईजस्तै छ ।’
इरानको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियाली राष्ट्रपतिको भनाइले उनलाई इरान र युएईबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रमा यस दिशामा भइरहेको सकारात्मक प्रगतिबारे थोरै पनि जानकारी नभएको देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो