टाइमकार्डले सेवाग्राहीलाई सहज

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो ।
नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, सङ्घरसंस्था नवीकरण, दलितरजनजाति प्रमाणित, मुद्दा पेसी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको थियो ।
आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागङ्ता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्रहीलाई प्राथमिकता दिने गरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो प्रदान गर्न टाइमकार्ड लागू गरिएको प्रजिअ जोशीले बताए ।
टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेका भट्टले समयमा नै सेवा पाएको जनाए ।
टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिनेकार्य भइरहेको र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखी प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए । अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म