समाचार
जनमत पार्टीद्वारा खानेपानी मन्त्रालय अस्वीकार
मङ्गलबार, ०३ माघ २०७९, १५ : ००

काठमाडौँ । जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ । भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो । खानेपानीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।
उनले भने, ‘सरकारको नेतृत्वको गरेको दलले हामीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको थियो । तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय हाम्रो पार्टीले अस्वीकार गरेको छ ।’ सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)