अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने
मङ्गलबार, ०३ माघ २०७९, १२ : ५१
अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ । यसको अर्थ हाल १०० कित्ता सेयर भएका सेयरधनीले ४० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।
पावरले १०० रुपैयाँ अंकित १ करोड ६५ लाख ३३ हजार १३७ रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो । सञ्चालक समितिले गरेको प्रस्ताव विद्युत नियमन आयोगबाट पारित हुनुपर्ने छ । पावरले हाल ८.५ मेगावाटको गौगढ गाड जलविद्युत आयोजना र ८ मेगावाटको अप्पर नौगढ जलविद्युत लगायतका आयोजनाबाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु