६० वर्षमा पहिलो पटक घट्यो चीनको जनसङ्ख्या
मङ्गलबार, ०३ माघ २०७९, १२ : ३४

चीनको जनसङ्ख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।
सन् २०२२ मा चीनको जनसङ्ख्या १.४११८ अर्ब थियो । सन् २०२१ को तुलनामा यसमा ८ लाख ५० हजारको गिरावट आएको छ । चीनमा वर्षौँदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।
जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।
गत वर्ष चीनमा जन्मिनेभन्दा बढीको मृत्यु भएको थियो । गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्यो, जुन प्रति एक हजार जनसङ्ख्यामा ७.३७ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण