शव बोकेको सेनाको हेलिकप्टर प्रहरी एकेडेमीमा ल्याण्ड हुन सकेन
मङ्गलबार, ०३ माघ २०७९, १२ : ०७

काठमाडौं । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७ हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
-
जब कैँची बोकेर मलाइकाको घरमा एक युवती पुगिन्
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल