बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

व्यवसाय विचार र डिजाइन सोच निर्माणबारे छलफल

मङ्गलबार, ०३ माघ २०७९, ११ : २४
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । हल्ट प्राइज एट आईओई को टक शो को तेस्रो सत्र ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’  सम्पन्न भएको छ। हल्ट प्राइज एट आईओई ले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन गरेको कार्यक्रममा नेसराका सदस्य अंकित खनालले आफ्नो संस्थाले नेपालबाट प्रत्येक वर्ष अन्तरिक्ष यात्री पठाउने र नेपालको विकासको सन्दर्भमा यसको महत्त्वबारे साझा गरेका हुन् । 

मस्तकलाका सह-संस्थापक निखिल अग्रवालले ‘क्रिएटिङ बिजनेस आइडियाज’ शीर्षकमा प्रस्तुति दिएर सुरु गरे। भाग्य, दृष्टि र प्रक्रिया जीवनमा सफल हुने बाटो हो। मस्तकलाको उदय कसरी भयो भन्ने आफ्नो यात्रा साझा गर्दै उनले आफ्ना साथी प्रतियोगीहरूलाई ग्राहकको आवश्यकता पहिचान गर्ने र यसको व्यावहारिक र सन्तोषजनक समाधान खोज्ने अभ्यासमा संलग्न गराए। 

अर्कोतर्फ मस्ताकलाका सह-संस्थापक अरुण अग्रवाल "डिजाईन थिंकिङ" मा केन्द्रित थिए जहाँ उनले उत्पादन डिजाइनमा महत्त्वपूर्ण भूमिका खेल्ने SWOT को अवधारणा साझा गरे। वेद एपका सह-संस्थापक र प्रबन्ध निर्देशक सुजित पाठकले वेद बनाउने यात्रा र प्रत्येक पतनले कसरी उनीहरूलाई थप बलियो बनायो र प्रत्येक गल्तीले उनीहरूलाई नवीन बनायो भन्ने कुरा साझा गरे। 

 जुम बैठकलाई सहभागीहरू र केही कलेजहरूका ऊर्जावान क्याम्पस प्रतिनिधिमण्डलहरूले उल्लेखनीय बनाएका थिए। यस श्रृंखलाका शीर्षक प्रायोजक ‘मस्त कला’, साधारण प्रायोजक ‘टास्केड’, ‘डिजिटल ओसन’ , भेन्यु प्रायोजक ‘इन्ट्रान्स क्याफे’, ‘इम्प्याक्ट हब’,स्वर्ण प्रायोजक माकुस्से, सिल्वर प्रायोजक ‘एन्.एम्.बी.सी.एल्’ र शारद क्राफ्ट, सेक्युरिटी प्रायोजक 'एम् सेक्युरिटी' र प्रस्तोता प्रायोजक 'प्रोटोजोआहोस्ट' रहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप