बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाबाट मन्त्री बन्नेको सूची फाइनल, खनाल शिक्षामन्त्री

मङ्गलबार, ०३ माघ २०७९, ११ : ०४
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ।  पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । 

एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा शिखिर खनालको नाम टुंगो लागेको छ।  

यसैगरी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् ।  यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप