बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मुग्लिङ-पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मङ्गलबार, ०३ माघ २०७९, १० : २२
मङ्गलबार, ०३ माघ २०७९

चितवन । उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडक खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । 

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ-पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक,परामर्शदाता र कन्ट्याक्टरसँग छलफल गरेका थिए । सो क्रममा उनले  छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन्। 

मन्त्री श्रेष्ठले आज भरतपुरका सडकहरूको अनुगमन गर्ने कार्यक्रम छ। साथै दिउँसोबाट नारायणघाट-बुटवल सडक खण्डको निरीक्षण गर्ने कार्यक्रम छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप