संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानका अब्दुल रहमान मक्की ‘विश्वव्यापी आतंकवादी’ घोषित
![संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानका अब्दुल रहमान मक्की ‘विश्वव्यापी आतंकवादी’ घोषित](https://npcdn.ratopati.com/media/news/abdul_Wdlr7JPbRn.jpg)
संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले सोमबार पाकिस्तानी मूलका चरमपन्थी अब्दुल रहमान मक्कीलाई ‘विश्वव्यापी आतंकवादी’ घोषणा गरेको छ । यो निर्णय यूएनएससीको आइएसआइएल (दाएश) र अल–कायदा प्रतिबन्ध समितिले लिएको हो ।
गत वर्ष भारतले लश्कर–ए–तैयबाका चरमपन्थी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव ल्यायो तर चीनले त्यसलाई रोकेको थियो । यसपछि भारतले पनि चीनलाई कडा प्रतिक्रिया दिएको छ ।
अब्दुल रहमान मक्की जमात–उद–दावाका प्रमुख हाफिज सईदका आफन्त हुन्, जसलाई भारतमा २६ नोभेम्बर २०११ को चरमपन्थी हमलाको मास्टरमाइन्ड मानिन्छ ।
संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्ति अनुसार जनवरी १६, २०२३ मा सुरक्षा परिषद्को आइएसआईएल (दाएश) र अल–कायदा समितिले अब्दुल रहमान मक्कीको नाम विश्वव्यापी आतंकवादीको सूचीमा समावेश गरेको थियो । यसको परिणामस्वरुप विश्वभरि मक्कीको सम्पत्ति रोक्का गर्ने र मक्कीमाथि यात्रासहित अन्य प्रतिबन्ध हुनेछन् ।
UNSC ISIL (Da’esh) and Al-Qaida Sanctions Committee list Pakistan-based terrorist Abdul Rehman Makki as a global terrorist. pic.twitter.com/ttgDAr5iRi
— ANI (@ANI) January 17, 2023
समाचार एजेन्सी एएनआईका अनुसार भारत र अमेरिकाले अब्दुल रहमान मक्कीलाई आ–आफ्नो देशमा ‘आतंकवादी’ घोषणा गरिसकेका छन् । मक्की विरुद्ध युवाहरूलाई अतिवादतर्फ उक्साउने, भारतमा आक्रमणको योजना बनाउने, अवैध धन जुटाउनेलगायतका धेरै आरोप छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त
-
अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्न सिफारिस
-
लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री
-
वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग