मन्त्रिपरिषद् विस्तार
माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ? कसलाई कुन मन्त्रालय ?
मङ्गलबार, ०३ माघ २०७९, ०९ : ३०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।
थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कार्यशैलीमा विश्वप्रकाशको ७ बुँदे असहमति
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ