बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

मङ्गलबार, ०३ माघ २०७९, ०८ : ५९
मङ्गलबार, ०३ माघ २०७९

चितवन । उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिँदै आएका छन् । सडक डिभिजन कार्यालय चितवनको  निरीक्षण अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा  ध्यान दिन आग्रह गरे । 

चितवनमा  निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आ्एका मन्त्री  श्रेष्ठले  सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गरेका थिए ।

उनले  यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो  मापदण्ड पालना गरी गुणस्तरसहित  सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए । चितवन देशकै केन्द्र भागमा पर्ने  भएकाले  यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि  बढाउन उनले निर्देशन दिए । उनले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले  तीव्र बनाइने बताए ।

उपप्रधमन्त्री  श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको  निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप