पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण
सोमबार, ०२ माघ २०७९, २२ : २०
काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पौडेलको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
आइतबार पोखरा महानगरपालिकास्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६९ जनाको शव भेटिएको छ । अरु ३ जनाको शवको टुक्रा फेला परेको छ । विमानमा चालक दलका सदस्यहरु सहित ७२ जना सवार थिए । पत्रकार पौडेल काठमाडौंबाट पोखरा फर्किँदा दुर्घटनामा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख