मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण

काठमाडौँ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उनले केही खुलाएनन् । उनले भोलि १ बजेभन्दा अघि अहिलेको सहमति परिवर्तन पनि हुनसक्ने बताए ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए । त्यस्तै उनले भोलि १ बजे मन्त्रीहरुको सपथ राखिएको समेत जानकारी दिए ।
जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको डिमान्डले गर्दा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ । शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना