मन्त्रीको सूची फाइनल गर्न राति १० बजेसम्म बालुवाटारमा बैठक जारी
सोमबार, ०२ माघ २०७९, २१ : ५९

काठमाडौँ । सत्ता साझेदार दलको बैठक करिब ४ घण्टादेखि जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीको सूची फाइनल गर्नेदेखि गठबन्धनभित्र भागबण्डाको विषयमा छलफल चलिरहेको हो । राति १० बजेसम्म बैठक जारी रहेको हो भने आज सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तारको प्रयासस्वरुप छलफल चलिरहेको बताइएको छ ।
बैठकअघि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच लामो छलफल भएको थियो । उक्त छलफलमा मन्त्रीहरुको भागबण्डा मिलेको बताइएपनि बालुवाटार समेत लम्बिएको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामलाई तिव्र बनाउन चाहेका छन् । सोहीअनुसार उनले पछिल्लो समय साझेदार दलबीच सहमति जुटाउन दौडधूप तीव्र पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार