भेडापालनबाट भोजपुरका किसान मनग्य आम्दानी गर्दै

भोजपुर । व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् ।
युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन् । पछिल्लो समय भेडाको मासुसँगै ध्यू, तथा ऊनबाट बन्ने सामग्रीको माग राम्रो छ । भेडापालक कृषकले भेडाको ऊन, घ्यू, महि, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिन्छन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत किसानको आम्दानीको स्रोत बनेको छ ।
एक कृषकले यो व्यवसायबाट वार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको भेडापालक कृषक गोविन्द बस्नेतले जानकारी दिए । ‘‘भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ’’, किसान बस्नेतले भने, ‘‘यहाँ उत्पादन भएको सामग्री देशका विभिन्न ठाउँबाट माग हुन्छ । बजारको माग धान्न समस्या छ ।’’
औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए । घ्यू डढेको घाउ खत हटाउन राम्रो मानिन्छ । घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुन्छ । ऊन प्रति केजी सात सय र मासु प्रति धार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ । कठेतले भने, ‘‘घ्यूको माग धेरै छ । माग अनुसारको घ्यू पु¥याउन समस्या छ । धैरै पौष्टिक हुने भएकोले अन्य विभिन्न रोगको लागि पनि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासु निकै स्वादिष्ट मानिन्छ ।’’
यहाँ एक कृषकसँग एक सय ५० वटासम्म भेडा रहेको छ । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने कठेतको भनाइ छ । कठेतले भने, ‘‘दुःख धेरै छ । तर भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ । एक सय ५० देखि दुई सयसम्म हुँदा पाल्दा वर्षमा आठदेखी नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।’’
घ्यू, राडी, पाखी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौंलगायत ठाउँमा जान्छ । पछिल्लो समय युवा पुस्ता भेडापालनमा आकर्षित भएको कठेतको भनाइ छ । विदेश गएर आएका युवाले व्यावसायिक भेडापालन गरिरहेका छन् । ‘‘युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ’’, कठेतले भने, ‘‘गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।’’
मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक भेडापालन गरेका छन् । अहिले भेडा तल्लो भेगमा झारिएको छ । यसबाट हिउँद भन्दा तातो मौसममा बढी आम्दानी लिन सकिन्छ । हिउँदमा भेडालाई चरण क्षेत्रको अभाव हुने हुँदा आम्दानी अलि कम हुन्छ । भेडा वर्षातमा माथिल्लो र हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक भक्तकुमार राईले जानकारी दिए । धेरै दुःखको काम भएकाले यस्तो पेशामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु पर्ने राईको भनाइ छ ।
‘‘हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन्’’, कृषक राईले भने, ‘‘कतिपय मर्छन् । यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने । धेरै दुःख कष्टका साथ पुख्र्यौली पेशा धानेका छौँ । तर राज्यको ध्यान हामीमा गएको छैन ।’’
भेडा बिरामी हुँदा औषधि लिन टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उनको भनाइ छ । आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको नुर्वु शेर्पाले बताए । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उनको भनाइ छ । त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिन्छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोगले धेरै दुःख दिँदै आएको छ ।
‘‘भेडापालनमा धेरै समस्या छ’’ कृषक शेर्पाले भने, ‘‘पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन् । एउटा वन क्षेत्रमा चराए वापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । रोग तथा वन्यजन्तुको आक्रमणले पनि क्षति पुग्छ ।’’ चरण क्षेत्र भएका मैयुङ, टेम्के डाँडा, चखेवालगायत क्षेत्र भेडापालनलाई उपयुक्त स्थान मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न
-
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
-
ललितको लगातार ‘फाइफर’, पुलिस अपराजित
-
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ ः सिटौला
-
एनआरएनए उच्चस्तरीय समितिको १२औँ बैठकको निर्णय सार्वजनिक
-
नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन : श्याम घिमिरे