कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतक काफ्ले नियुक्त

काठमाडौं । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा मनोनीत गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।
त्यस्तै संसदीय दलको बैठकले दलको उपनेतामा रामकृष्ण चित्रकारलाई नियुक्त गरेको छ । चित्रकार ललितपुर क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित सांसद हुन् । उनले एमालेका ज्ञानेन्द्र शाक्यलाई पराजित गरेका थिए । चित्रकारले ६ हजार ९९५ मत ल्याउँदा एमालेका शाक्यले ६ हजार ८३२ मत पाएका थिए ।
बैठकलेमा पोखरामा भएको यति एरलाइसन्सको विमान दुर्घटनामा मृत्यु भएको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?