कपिलवस्तुमा हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु
सोमबार, ०२ माघ २०७९, १८ : ०८

बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।
भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको ।
मृतक नासिरले बिगत ४० वर्षदेखि बरफ बेच्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।