सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापान-भारत संयुक्त लडाकु विमान अभ्यास

सोमबार, ०२ माघ २०७९, १६ : ५९
सोमबार, ०२ माघ २०७९

टोकियो । जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकु जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् ।

एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्याङ्कर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब १५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन् । सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरुबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए ।  तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ । 

टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ । साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ । 

भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन् । (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप