रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु

मस्को । बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ ।
मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ ।
अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको छ । अभ्यासको मुख्य लक्ष्य लडाई प्रशिक्षण मिसनहरूको संयुक्त प्रदर्शनमा परिचालन अनुकूलता बढाउनु भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । बेलारुसका सबै सैन्य एयरफिल्डहरू अभ्यासमा संलग्न हुनेछन्, मिन्स्कले जानकारी दिएको छ ।
उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । अधिकारीहरूले अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेका छन्।अभ्यास विशुद्ध रूपमा रक्षात्मक प्रकृतिको भएको बेलारुसको सुरक्षा परिषद्का प्रथम उप–राज्य सचिव, पावेल मुरावेकोले बताएका छन् ।
उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा