जापान–भारत संयुक्त लडाकू विमान अभ्यास
टोकियो । जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकू जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् । एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्याङ्कर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब १५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन् । सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरुबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए । तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ ।
टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ । साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ । भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित