इटालीका ‘मोस्ट वान्टेड’ माफिया प्रमुख पक्राउ

रोम । ३० वर्षदेखि फरार रहेका इटालीका मोस्ट वान्टेड माफियाका प्रमुख माटेयो मेसिना डेनारो सिसलीबाट पक्राउ परेका छन् । उनलाई त्यहाँको राजधानी पालेर्मोको एक निजी क्लिनिकबाट पक्राउ गरिएको हो । उनलाई सिसलीको खतरनाक कोसा नोस्ट्रा माफियाको प्रमुख रहेको विश्वास गरिन्छ ।
इटालियन मिडियाका अनुसार क्लिनिकमा उनको उपचार चलिरहँदा उनलाई नियन्त्रणमा लिइएको थियो । उनलाई कारबिनेरीको एक अज्ञात स्थानमा लगिएको समाचारमा भनिएको छ । उनलाई पक्राउ गर्न १ सय जना भन्दा सशस्त्र सुरक्षाकर्मी प्रयोग गरिएको थियो ।
विभिन्न हत्याको अभियोगमा मेसिना डेनारोमाथि मुद्दा चलेर उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । यसमा सन् १९९२ मा माफियाविरोधी वकिल जियोभानी फाल्कोन र पाओलो बोर्सेलिनो, सन् १९९३ मा मिलान, फ्लोरेन्स र रोममा भएको बम विस्फोटलगायत छन् । सन् १९९३ देखि फरार रहेका मेसिना डेनारोले आफ्ना विश्वासपात्र मार्फत संगठन चलाउँदै आएको विश्वास गरिन्छ ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने