लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता

बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको जानकारी दिए ।
यस्तै उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।
सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?
-
कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत, ५० लाखभन्दा कमका योजना प्रदेशबाट नबन्ने