शव पहिचान गर्न काठमाडौँबाट २ जना फरेन्सिक विज्ञ पोखरामा

काठमाडौं । यती एयरको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान गर्न काठमाडौँबाट दुई जना फरेन्सिक विशेषज्ञ पोखरा पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा गएका हुन् ।
घटनास्थलबाट संकलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । संकलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । शव पहिचान गर्न र पोस्टमार्टमका सहयोग गर्न काठमाडौँबाट विशेषज्ञ चिकित्सक पोखरा गएका हुन् ।
पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)का ५ जना र काठमाडौँबाट गएका दुई जना विशेषज्ञले शव पहिचान सँगै पोस्टमार्टम गरिरहेका छन् । पहिलो चरणमा १४ जनाको पोस्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
एसपी केसीका अनुसार अहिलेसम्म ४२ जना मृतकको सनाखत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ