प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताए । उनले भने, “काठमाडौँ विमानस्थल खुला छ, अहिलेसम्म बाहिरका विमानस्थल लगभग सबै बन्द छन् ।”
देशको तराइका भू–भागमा हुस्सु÷कुहिरो लागेकाले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । महाप्रबन्धक ठाकुरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसम खराबीका कारण अहिलेसम्म उडान हुन सकेको छैन । दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज देशभरको सबै उडान स्थगित गरेको छ । पोखरा गन्तव्यमा विभिन्न एयरलाइन्सको उडान तालिका छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति