नाइजेरियामा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् । यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको बताइएको छ ।सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याइएको थियो । उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो । यहाँको सडकको अवस्था, सवारी चालकहरुको लापरबाही र अन्य कारणले यहाँ सडक दुर्घटना प्राय हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
-
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण
-
‘कोशेढुङ्गा’ १२ भदौबाट प्रदर्शनमा आउने