नेपालमा विवाह गरेकी बहिनी बनेकी थिइन् आमा, बिहारका दाइ भेट्न आउँदै गर्दा विमान दुर्घटनामा परे

पाेखरा विमान दुर्घटनामा जुन पाँच भारतीयको मृत्यु भएको छ, तीमध्ये एक व्यक्ति बिहारको सीतामढी जिल्लाको बैरगनियामा बस्ने सञ्जय जायसवाल पनि हुन् । उनी आफ्नी बहिनीको घरमा छोरी जन्मिएपछि काठमाडौँबाट पोखरा जाँदै थिए । त्यति नै बेला उनी चढेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार सीतामढको बैरगनियास्थित अशोगी गाउँका वडा नम्बर–६ का बासिन्दा सञ्जय जायसवालकी बहिनी पोखरामा बस्छिन् । उनले केही दिन अघि मात्रै छोरी जन्माएकी थिइन् । छोरीको जन्मपछि उनको घर र माइती दुबैमा खुसीको माहौल थियो । यसै खुसीमा सामेल हुन माइती पक्षले छोरा सञ्जयलाई बहिनीको घरमा पठाए । सञ्जय सुरुमा बिहारबाट काठमाडौँ र त्यहाँबाट पोखरा जाँदै थिए । पोखरा पुग्न नपाइ उनको मृत्यु भयो ।
भारतीय सञ्चार माध्यमका अनुसार खबर सुनेलगत्तै उनको परिवारमा कोलाहल मच्चिएको छ । उनका बुवाले छोरीले शल्यक्रियामार्फत् छोरी जन्माएका कारण छोरालाई हेर्न पठाएको जानकारी दिए ।
विमान दुर्घटनामा मृत्यु भएका पाँच भारतीयमध्ये अन्य चारजना पशुपतिनाथको दर्शन गर्न आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का