चेल्सीद्वारा युक्रेनका फरवार्ड अनुबन्ध

लण्डन । प्रिमियर लिग क्लब चेल्सीले युक्रेनका फरवार्ड मखाइलो मड्रिकलाई शाख्तार डोनेस्कबाट ८.९ करोड करोड पाउन्डमा अनुबन्ध गरेको छ । २२ वर्षीय खेलाडीले चेल्सीसँग ६.२ करोड पाउन्डमा साढे ८ वर्षको करार गरेका छन् जसमा २.७ करोड पाउन्ड बोनसको रूपमा रहेको छ ।
‘चेल्सीसँग आबद्ध हुन पाउँदामा म निकै खुसी छु,’ मड्रिकले भने । आर्सनलले पनि अनुबन्ध चाहेका युवा खेलाडीले यो सिजन शाख्तारका लागि १२ लिग खेलमा ७ गोल गरेका छन् ।
‘यो उत्कृष्ट लिगको ठूलो क्लब हो र मेरो करियरका लागि उत्साहजनक परियोजना हो,’ उनले भने । सन् २०२२ मा युक्रेनको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ७ गोल गरिसकेका छन् । चेल्सीले जनवरीमा अनुबन्ध गरेका मड्रिक पाँचौँ खेलाडी हुन् । यसअघि क्लबले जोआ फेलिक्सलाई एट्लेटिको मड्रिडबाट ऋणमा भित्र्याएको थियो भने बेनिओट बेडिअसिल, डेभिड फाफोना र आन्द्रे सान्तोषलाई अनुबन्ध गरेको थियो ।
सन् २०२२ को मेमा अमेरिकी व्यवसायी टड बोहलीले क्लब खरिद गरेपछि चेल्सीले खेलाडीको ट्रान्सफरमामात्र ४० करोड पाउन्ड खर्च गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता