बालकोटमा प्रचण्ड र ओलीबीच ‘लञ्च मिटिङ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
‘केही बेरअघि प्रधानमन्त्री बालकोटा आउनुभएको छ । उहाँहरुबीच वान टु वान कुराकानी भइरहेको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले भने ‘प्रधानमन्त्रीले आज बालकोटमै लञ्च गर्ने कार्यक्रम छ ।’ मन्त्रालय भागबण्डा मिलाएर सरकारलाई पूर्णता दिने तयारीमा दुवै नेताले गृहकार्य गरिरहेका छन् ।
दुई नेताबीच भागबन्डामा सहमति जुटे आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । यो बाहेक सत्ता साझेदार दलहरुबीच सभामुख, उपसभामुख र राष्ट्रपति उपराष्ट्रपतिलगायतका विषयमा समेत चासो बढ्दै गएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेकपा एमाले झस्किन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा