मधेस प्रदेशसभा बैठक स्थगित, सभामुखको निर्वाचन भोलि
सोमबार, ०२ माघ २०७९, १४ : ४७
जनकपुरधाम । मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि सरेको छ ।
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । बैठक स्थगित भएसँगै प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको उनले बताए । उनका अनुसार बैठक र निर्वाचन लगायतका कार्यसूची मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते