विप्लवका कार्यकताद्वारा मध्यबानेश्वरमा सरकारी गाडीमा आगजनी
मङ्गलबार, ०८ फागुन २०७४, १० : ५९
काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको सरकारी गाडी आगजनी गरेका छन् ।
विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।
मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
‘गाडीमा सामान्य क्षती पुगेको छ’ डिएसपी पौडेलले भने, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’
प्रहरीका अनुसार घरको साईडमा पार्किङ गरि राखेको सरकारी नम्बरको टाटा सुमोमा विप्लवका कार्यकर्ताले विहान ८ बजेतिर आगजनी गरेर भागेका थिए ।
आगजनीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा