आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न, पत्रकार पौडेलप्रति श्रद्धाञ्जली

सोमबार, ०२ माघ २०७९, ०७ : ०२
सोमबार, ०२ माघ २०७९

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका नीति तथा कार्यक्रमहरू सम्बन्धमा विभिन्न एजेन्डाहरू व्यापक छलफलपछि पारित गरिनुका साथै नेपालमा आइतबार भएको विमान दुर्घटनामा निधन हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरूले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाए ।

त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरू सम्बन्धमा विभिन्न एजेन्डाहरू व्यापक छलफलपछि पारित गरिएको छ । साधारणसभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ। त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ। शाखाले यही वर्ष एक च्यारिटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरिएको छ। महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भण्डारीले धन्यवाद मन्तव्य दिएका थिए ।

साधारणसभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्व अध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरु विपिन निरौला, भगिरथ योगी र श्याम लुइँटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यहरू सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लिलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो। त्यस्तै, कार्यसमितिका सचिवहरू खेमराज रानाभाट र मञ्जु भण्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरु गोमा राना, जय तामाङ, बाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरू जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रूपमा पत्रकारहरू देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप